कावासोतिमा एकको मृत्यु, संक्रिय संक्रमित २९७


कृशला सापकोटा -कावासोती ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा कोरोनाका कारण ६३ बर्षीया महिलाको निधन भएको छ ।
कावासोती नगरपालिका वडा नम्बर ८ मध्यबिन्दु जिल्ला अस्पतालमा गएराती निधन भएको कावासोती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कावासोतीमा कोभिडका कारण अहिलेसम्म ४७ जनाले ज्यान गुमाएका छन् ।



त्यसैगरी कावासोतीमा २२ जना कोरोना संक्रमित थपिएका छन् भने ३३ जना निको भएर घर फर्किएका छन् ।
बुधबारसम्म कावासोतीमा संक्रिय संक्रमित २९४ पुगेको छ ।

सक्रिय संक्रमित मध्ये मध्यविन्दु जिल्ला अस्पतालमा १२ जना, भरतपुर अस्पतालमा ५ जना र अन्य अस्पतालमा ५ जना गरी २२ जना अस्पतालमा उपचाररत रहेका छन् ।
अस्पतालमा उपचाररत २२ जना मध्ये १० जनाको अवस्था जटिल रहेको र उनीहरुको भेन्टिलेटरमा उपचार भैरहेको कावासोती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।




 



सम्बन्धित
Loading...