कावासोतीमा २१ जना नयां संक्रमित, १७ जना निको


नवलपुरको कावासोतीमा आज २१ जना नयां संक्रमित थपिएका छन् । कावासोती नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार कावासोतीमा विहिबारसम्म १८६६ जना कोरोना संक्रमित रहेकोमा आज २१ जना थपिएसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या १८८७ पुगेको छ । कावासोतीमा कोभिडका काराण ४७ जनाले ज्यान गुमाईसकेका छन् ।



No description available.

त्यसैगरी कावासोतीमा आज १७ जनाले कोरोना जितेका छन् भने हाल सम्म १५४५ जनाले कोरोना जितिसकेका छन् । कावासोतीमा अहिले सक्रिय संक्रमितको संख्या २९५ रहेको छ ।




सक्रिय संक्रमित मध्ये मध्यविन्दु निल्ला अस्पतालमा ८ जना, भरतपुर अस्पतालमा ४ जना र अन्य अस्पतालमा ४ जनाको उपचार भैरहेको छ । अस्पतालमा १६ जना उपचारत मध्ये ९ जनाको अवस्था सामान्य छ । यसैगरी ७ जनाको अवस्था जटिल रहेको र उनीहरुको भेन्टिलेटरमा उपचार भैरहेको कावासोती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।



सम्बन्धित
Loading...