कावासोतीमा ४० बर्ष पुरुषको कोरोनाका काराण मृत्यु


नवलपुरको कावासोतीमा ४० बर्ष पुरुषको कोरोनाका काराण मृत्यु भएको हो ।



जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती नगरपालिका ५ बस्ने वर्ष ४० को बुद्धि बहादुर खत्रीको मध्यविन्दु जिल्ला अस्पताल, डण्डामा कोरोना परिक्षणको लागि स्वाब दिएकोमा सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।




उनलाई निमोनिया सम्बन्धी बिरामी भएको थियो ।  साउन २४ गते देखि पुरानो मेडिकल कलेज भरतपुरको कोभिड आई.सि.यु मा उपचार भैरहेको क्रममा साउन ३० गते मृत्यु भएको हो ।

शव व्यवस्थापनको लागि आवश्यक समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।



सम्बन्धित
Loading...