चितवनका अस्पतालमा १९७ संक्रमितको उपचार,तीन जनाको मृत्यु


रत्ननगर ०३ भदौं । चितवनका अस्पतालमा विहीवार १९७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।



स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार अस्पतालमा उपचाररत संक्रमितमध्ये २१ जना भेन्टिलेटर सहित ७१ जना आइसियू,३८ जना एचडियूमा उपचाररत छन् भने ८८ जना जनरल वार्डमा उपचाररत रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

१९ जना डिस्चार्ज




चितवनका अस्पतालबाट विहीवार १९ जना कोरोना डिस्चार्ज भएका छन् । भरतपुर अस्पतालबाट ८ जना, चितवन मेडिकल कलेजबाट ५ जना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालबाट ३, माडी नगरपालिकाको पब्लिक आइसोलेनबाट एक जना र अन्य अस्पतालबाट एक जना गरी २५ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

तीन जनाको मृत्यु

पछिल्लो २४ घण्टामा चितवनमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण चितवनका दुई सहित तीन जनाको मृत्यु भएको हो । चितवनका दुई र नवलपुरका एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर अस्पतालमा १ जना र चितवन मेडिकल कलेजमा २ जनाको मृत्यु भएको हो ।



सम्बन्धित
Loading...