कावासोतीमा विहिबार सम्म १९५७ जना कोरोना संक्रमित
नवलपुरको कावासोतीमा आज थप ८ जना नयां संक्रमित थपिएका छन् ।

कावासोती नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार कावासोतीमा बुधबार समम १९४९ जना कोरोना संक्रमित रहेकोमा आज ८ जना थपिएसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या १९५७ पुगेको छ ।
कावासोतीमा कोभिडका काराण ४९ जनाले ज्यान गुमाईसकेका छन् त्यसैगरी कावासोतीमा आज १९ जनाले कोरोना जितेका छन् भने हाल सम्म १६७८ जनाले कोरोना जितिसकेका छन् ।
कावासोतीमा अहिले सक्रिय संक्रमितको संख्या २३० रहेको छ । सक्रिय संक्रमित मध्ये मध्यविन्दु निल्ला अस्पतालमा २ जना, भरतपुर अस्पतालमा ३ जना र अन्य अस्पतालमा ३ जनाको उपचार भैरहेको छ ।