नवलपरासीको कम्युनिष्ट आन्दोलनको इतिहास विशेषांक विमोचन




कावासोती । नवलपरासीको कम्युनिष्ट आन्दोलनका इतिहास विशेषांक विकल्प पुस्तकको विहीबार लोकापर्ण गरिएको छ ।

पुस्तकको शहिद यमबहादुर कार्कीकी आमा कुमारी कार्की र शहिद पूर्णबहादुर परियारकी श्रीमती लालमाया परियारले संयुक्त रुपमा लोकापर्ण गरेका थिए ।




कावासोती १६ डण्डामा आयोजना गरिएको पुस्तक लोकापर्ण कार्यक्रममा नवलपरासीका कम्युनिष्ट पार्टीका नेताहरु किशान शर्मा गैरे, अशोक लम्साल अनुकुल, शरद वली, मित्र शरण शर्मा, संविधान सभा सदस्य कृष्ण पौडेल लगायतका साथै लेखकहरुले पुस्तकको बारेमा चर्चा गरेका थिए ।

पुस्तक राष्ट्रिय जनमोर्चा नवलपुरले प्रकाशन गरेको हो । कार्यक्रममा सम्पादक मण्डलका संयोजक जनकलाल तिवारीले पुस्तक प्रकाशनको बेला भएको भोगाईका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा नवलपुरका अध्यक्ष दिपक पाण्डेको अध्यक्षतामा भएको थियो ।

https://www.youtube.com/watch?v=TUobLOIHRvM



सम्बन्धित
Loading...