नवलपुर ७५ हजारले लगाए खोप

रामकुमार श्रेष्ठ –
नवलपुर । झण्र्ड ३ लाखको हाराहारीमा जनसंख्या रहेको नवलपुरमा शुक्रबारसम्म ७४ हजार ८ सय ४ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । ति मध्ये ५५ हजार ३ सय १४ जनाले डोस्रो डोजको समेत खोल लगाएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार नवलपुरमा पहिलो डोज कोभिशिल्ड १९ हजार २ सय ९४, भेरोसिल ४० हजार ५४, सिंगल खोप ज्यानसेन १५ हजार २८ जनाले लगाएका छन् ।
त्यसैगरी दोस्र्रो डोज कोभिशिल्ड १५ हजार १ सय ६२, काठमाडौं पहिलो डोज लगाएर जिल्लामा दोस्रो डोज भेरोसिल ४ सय ३० जनाले लगाएका छन् । त्यसैगरी भेरोसेलको दोस्रो डोज २४ हजार ६ सय ९४ जनाले लगाएका छन् ।
दोस्रो डोजको खोप लगाउन छुटेकालाई खोप लगाउने कार्यक्रम भने चलिरहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।