विश्वकप छनोटमा नेपाल र मलेसिया भिड्दै, नेपाललाई जित्नैपर्ने बाध्यता


यूएईमा जारी आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा आज नेपालले मलेसियाको सामना गर्दैछ।



अर्को चरणमा पुग्ने सम्भावना जीवितै राख्न नेपालले मलेसियाविरूद्ध जित निकाल्नैपर्ने बाध्यता छ। यदि मलेसियाविरूद्ध पराजित भए शीर्ष स्थानमा रहेर अर्को चरणमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त हुनेछ।

नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ ।




हालसम्म नेपालले मलेसियाविरूद्ध दुई अन्तर्राष्ट्रिय खेल खेलेको छ । दुबै खेलमा नेपालले मलेसियालाई हराएको छ ।यी दुई टिमले एक अर्काविरुद्ध २०१९ मा टी-२० म्याच खेलेका थिए। जसअन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध ३४ रनको जित निकालेको थियो ।



सम्बन्धित
Loading...