भारतमा पनि देखियो कोरोनाको भेरियन्ट ओमिक्रोन
नेपालको दक्षिणमा रहेको छिमेकी मित्रराष्ट्र भारतमा कोरोना भाइरस (कोभिड-१९) को भेरियन्ट ओमिक्रोन देखिएको छ । भारतमा २ जनामा कोरोनाको ओमिक्रोन ‘भेरियन्ट’ को संक्रमण पुष्टि भएको हो ।
भारतको स्वास्थ्य मन्त्रालयले आज बिहीबार कर्नाटकमा ४६ वर्षीय पुरुष १ जना र ६६ वर्षीय पुरुष १ जना गरी २ जनामा ओमिक्रोनको संक्रमण देखिएको जानकारी दिएको हो ।
यद्यपि उनीहरूमा मध्यम खालका लक्षण देखिएको बताइएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका सचिव लभ अग्रवालले सोबारे जानकारी दिँदै यो नयाँ भेरियन्ट तीब्र रुपमा फैलने आशंका व्यक्त गरेका छन् ।
पछिल्ला केही जानकारी अनुसार यो अन्य भेरियन्टभन्दा यो पाँच गुणा बढी संक्रमण हुनसक्ने बताइएको छ ।
भारतीय सरकारले उनीहरूको सम्पर्कमा आएका सबैलाई सम्पर्कमा ल्याइसकिएको जनाएको छ ।
हालसम्म कोरोनाको भेरियन्ट ओमिक्रोन २९ देशमा फैलिसकेको छ भने यसबाट ३७३ जना संक्रमित भइसकेका छन् ।
पिछले 24 घंटे में देश में ओमिक्रोन के 2 मामले दर्ज़ किए गए हैं। ये मामले कर्नाटक में मिले हैं। 66 साल के एक व्यक्ति और 46 साल के एक व्यक्ति में ओमिक्रोन का संक्रमण पाया गया है: स्वास्थ्य मंत्रालय के संयुक्त सचिव लव अग्रवाल #OmicronVarient pic.twitter.com/gMOMRzbdNm
— ANI_HindiNews (@AHindinews) December 2, 2021
