नवलपुरका कलाकारहरुले ल्याए आमा गीत, दर्शकको मन तान्दै


 



 

 

नवलपुरको कावासोती घर भै हाल कतारमा कार्यरत गायक तथा संगीतकार हरि थापाको मार्मिक गित आमा सर्वजनिक भएको छ।

 

 




प्रदेशी श्रीमानहरुको कमाइ खाएर नेपालमा परपुरुषसँग मस्ती गर्ने श्रीमतीहरुको चरित्र यस गित मार्फत देखाउन खोजिएको छ।बुबा प्रदेशमा दुख गर्ने यता आमा अर्कैसँग भाग्दा छोराछोरीमा परेको मानसिक तथा सामाजिक असर यस गितको मुख्य बिषय रहेको सर्जक हरि थापाले बताएका छन।

 

 

केहिदिन अगाडि कावासोतीको अठठाइस बिगाहा क्षेत्रमा शुटिङ गरिएको यस गितले अहिले दर्शक श्रोताको मन जित्न सफल भएको छ। हरि थापाको शब्द सङ्गीत र एरेन्ज रहेको आमा गितमा हरि थापा, गोकुल कंडेल र कृतिमा परियारको आवाज रहेको छ।

 

 

 

अवतार कंडेलको कथा र निर्देशनमा तयार भएको यस गितको भिडियोलाई सतिश राइले छयाङ्कन तथा सम्पादन गरेका छन भने बुद्दबिर थापा , दिया गबजु,गोकुल कंडेल,कृतिमा परियार,दिप काफ्ले, रन्जित राना,शोभा गुरुङ, संगीतप्रेमी नवीन,जानुका अधिकारी,बिकु थापा, लगाएतको उत्कृष्ट अभिनय रहेको छ।

 

 

यस गितलाई युट्युब च्यानलमा टप म्युजिक कृयसनबाट हेर्न र सुन्न सकिन्छ।

 

 

 



सम्बन्धित
Loading...