लागुऔषध ब्राउन सुगरसहित र्यापर लाउरे पक्राउ

चर्चित र्यापर आशिष राना ‘लाउरे’ लागुऔषधसहित पक्राउ परेका छन् ।
कास्की प्रहरीका अनुसार करिब १३ ग्राम ब्राउनसुगरसहित पोखराबाट बुधबार राति पक्राउ परेका हुन ।
कास्की प्रहरीको हिरासतमा रहेका उनी रियालीटि शो हिमालय रोडिजका निर्णायकमध्ये एक हुन् ।
उनी लागुऔषध सेवन तथा कारोबारमा समेत संलग्न रहेकोले पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=IpBuQZToJ9s
कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले र्यापर लाउरेसहितको टोलीलाई लागुऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार लाउरेसँगै उनका चारजना साथी पनि पक्राउ परेका छन्।
लाउरे गएराति पोखराको जाल्पा रोडबाट पक्राउ परेका थिए। पक्राउ परेकाहरू जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा छन् । पक्राउ परेका लाउरे रियालिटी शो हिमालय रोडिजका निर्णायक पनि हुन् ।
