नवलपरासी घर आएका सैनिक अचानक बेहोस भएर निधन

नवलपुर । नवलपरासी घर भएका एक जना नेपाल सेनाका सैनिक घर आएका बेला अचानक वेहोस भई निधन भएको छ ।
नवलपुर प्रहरीका अनुसार नेपाली सेनाको श्री सैनिक वार कलेज भक्तपुरमा सिपाही दर्जामा कार्यरत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका १५ निवासी ३३ को तेज बहादुर चौधरीको निधन भएको हो ।
घर विदा आएका चौधरी शौचालय गएर फर्किने क्रममा आफु सुत्ने कोठामा अचानक लडी बेहोस भएकोमा निजको परिवारले उपचारको लागी मध्यबिन्दु जिल्ला अस्पताल, डण्डा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
शव मध्यविन्दु जिल्ला अस्पतालमा पोष्टमार्टम पछि परिवारले बुझि लगेको अस्पतालले जनाएको छ ।