नवलपरासीमा घरको आँगनमा लडेर वृद्धको निधन

नवलपरासी । पूर्वी नवलपरासीमा घरको आँगनमा लडेर एक जना जेष्ठ नागरिकको निधन भएको छ ।
प्रहरी चौकी बुलिङ्गटारका अनुसार बुलिङटार गाउँपालिका ६ नयाँ बस्ती बस्ने बर्ष ७६ को कर्ण बहादुर सुनार (वि.क.) आफ्नै घरको आँगनबाट अन्दाजी ३ फिट तल खसेर निधन भएको हो ।
उनको घटना स्थलमै निधन भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।