घाम तापिरहँदा एक्कासी बेहोस भएर निधन

नवलपुर । पूर्वी नवलपरासीमा एक जना महिला घरमा घाम तापिरहेको अवस्थामा एक्कासी बेहोस भएर निधन भएका छन् ।
प्रहरी चौकी अरुणखोलाका अनुसार मध्यबिन्दु नगरपालिका १० टाडीँ बस्ने बर्ष २८ की पम्फा कुमाल घर अगाडि घाम तापिरहेको अवस्थामा एक्कासी बेहोस भई घट्नास्थलमा नै मृत्यु भएको जनाएको छ ।
अत्यधिक मादकपदार्थ सेवन गरी घाम तापेपछि उनको निधन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।