नवलपुरमा बुस्टर डोज, कावासोतीमा माघ ७ गतेबाट; क–कसले लगाउन पाउने




नवलपुर । पूर्वी नवलपरासीमा पनि कोभिड १९ विरुद्धको बुष्टर डोज लगाइने भएको छ ।

कावासोतीमा माघ ७ गतदेखि लगाइने गरी कावासोती नगरपालिकाले सूचना जारी गरेको छ ।




त्यसैगरी अन्य पालिकाहरुमा माघ १० गते आसपास बुष्टर डोज खोप लगाउन शुरु हुने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए । बुष्टर डोज अर्थात तेस्रो मात्रा खोप लगाउन दोस्रो मात्रा लगाएको ६ महिना कटेको हुनुपर्ने कावासोती स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए ।

कावासोतीमा ७ गते ३ स्थानमा खोप लगाइदै छ ।

नवलपुरमा अग्रपंक्तिमा खटेर काम गर्ने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सेना, प्रहरी, सार्वजनिक फोहोर संकलन गर्ने सरसफाईकर्मी, एम्बुलेन्स तथा शव वाहान चालक, महिला स्वास्थ्य स्वयम् सेविका, सरकारी कर्मचारी, सामुदायिक सेवा प्रदायक गर्ने संघसंस्था, बैंकिङ्ग सेवा, पत्रकार, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई बुष्टर डोज खोप लगाइने छ ।

अहिले नवलपुरमा १२ बर्षदेखि १७ बर्ष उमेर समूहका विद्यालय जाने उमेरका बालबालिका, १८ बर्षमाथिका पहिलो र दोस्रो डोज खोप लगाउन बाँकी रहेकाहरुलाई खोप लगाउने कार्य चलिरहेको छ ।

https://www.youtube.com/watch?v=hjmSY8SBPQQ



सम्बन्धित
Loading...