कावासोतीको बालुवा डाँडामा बन्यो भ्यु टावर, कावासोतीको सम्पूर्ण दृष्य अवलोकन गर्न सकिने




नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को कावासोती–मा दृश्यालोकन स्तम्भ (भ्यूटावर) निर्माण गरिएको छ।

नगरपालिकाले कावासोती–१ बालुवाडाँडामा रु ६८ लाखको लागतमा ६० फिट अग्लो भ्यूटावर निर्माण गरेको हो।




लेकबेँसी कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त टावर छ तलाको रहेको नगर उपप्रमुख प्रेमशंकर मर्दनिया थारुले जानकारी दिए ।

भ्यूटावरबाट जिल्लाका पहाडी क्षेत्रसँगै समथर फाँट र नारायणी नदीको दृश्यावलोकन गर्न सकिने र केही दिनमा नै सञ्चालनमा आउने बताइएको छ ।

सो स्थानमा उद्यान, रेष्टुराँ, शौचालय, सवारीसाधन पार्किङसमेत निर्माण गर्नेगरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण भएको इन्जिनियर पवन रुपाखेतीले जानकारी दिए ।

सो स्थानमा सम्पूर्ण भौतिक पूर्वाधार निर्माणको लागि तयार पारिएको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार सबै काम सक्न रु एक करोड ८४ लाख खर्च लग्ने अनुमान गरिएको उनको भनाइ छ ।

‘हामीले त्यहाँको सबै काम सक्दा रु एक करोड ८४ लाख लाग्ने गरी डीपीआर निर्माण भएको थियो’, रुपाखेतीले भने, “अहिले भ्यूटावर मात्रै निर्माण भएको छ त्यसको लागत करिब ६८ लाख मात्रै छ ।’

कावासोती–१ बालुवाडाँडा ढोणेमा करिब ६० घर परिवार गुरुङ र मगर समुदायको बस्ती रहेकाले होमस्टे (घरबास) सञ्चालन गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना नगरपालिकाले अगाडि सारेको छ ।
भ्यूटावर निर्माण सुरु भएको ठाउँभन्दा केही पर मानवनिर्मित ‘पोखरी ताल’ छ ।

पोखरी ताल र भ्यूटावर एउटै स्थानमा भएकाले यस क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्न सकिने जनाइएको छ ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको क्षेत्र फलफूल चोकबाट झण्डै १७ किलोमिटर उत्तरतर्फको पहाडमा भ्यूटावर निर्माण गरिएको हो।

video: https://fb.watch/aDnxG6j0gC/

 

नवलपुर जिल्लाका थप समाचारहरु

नवलपुरमा आजदेखि स्मार्ट लकडाउन, माक्स र खोपकार्ड अनिवार्य, भिडभाड गर्न प्रतिबन्ध 

कावासोतीमा बालिकालाई ललाईफकाई होटेलमा लगेर बलात्कार गर्ने युवक पक्राउ

नवलपुरमा बुस्टर डोज, कावासोतीमा माघ ७ गतेबाट; क–कसले लगाउन पाउने

घाम तापिरहँदा एक्कासी बेहोस भएर निधन

नवलपरासीमा घरको आँगनमा लडेर वृद्धको निधन

 



सम्बन्धित
Loading...