भेटिएन बाघः फिर्ता भए प्राविधिक,घर फर्कियो पाडा

मान्छेलाई आक्रमण गरेको हिंस्रक बाघलाई नियन्त्रण गर्न चितवनबाट आए हप्ता दिन जंगलमा खटिएको प्राविधिक टोली फिर्ता भएको छ ।
बाघनै नभेटिएपछि प्राविधिक टोली अप्रसन बन्द गरेर फर्किएको हो ।
प्राविधिक टोलीले अप्रसन बन्द गरेपछि बाघलाई लोभ्याउन जंगलमा बाधिएका २ वटा पाडाको ज्यान बचेको छ ।
हप्ता दिन जंगल राखिएका पाडालाई फिर्ता ल्याइएको छ । जिल्ला वन कार्यलय बाँकेले पाडालाई किनेको ठाउँमा फिर्ता गरिएको बुझिएको छ ।
पुष २२ गते राप्तीसोनारी गाउँपालिका ४ की लीला विष्ट र २४ गते सो गाउँपालिका ६ की चाँदनी थारुको बाघको आक्रमणबाट मृत्यु भएको थियो । दुई दिनको फरकमा २ जनाको ज्यान लिएपछि हिंस्रक बाघलाई नियन्त्रणमा लिर्न चितवनबाट डा. अमिर सडौला र प्राविधिक तीर्थ लामा बाँके आएका थिए ।
चितवनबाट आएको टोलीले दुबै ठाउँमा स्थलगत अध्ययन गरेपछि चाँदनीलाई आक्रमण गरेको सदाबहार सामुदायिक वनमा ताजा पाईला फेला परेपछि त्यही आसपासमा दुई वटा पाडा बाँधेर बाघलाई नियन्त्रणको प्रयास गरिएको थियो ।
- नेपाल समाचारपत्र

https://www.youtube.com/watch?v=GBBiQtWhIx4&t=278s