मध्यविन्दु अस्पतालका २५ जना कर्मचारीमा कोरोना पोजेटिभ, पिसिआरदेख ओपिडि सेवा बन्द

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा कार्यरत कर्मचारी मध्ये १ चौथाई कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।
मध्यविन्दु जिल्ला अस्पताल डण्डाका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार अस्पतालका सबै शाखाका गरी १ सय जना कर्मचारी मध्ये २५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
अस्पतालका १ चौथाई कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको ओपिडि सेवा र पिसिआर सेवा बन्द भएको उनले बताए ।
अस्पतालमा इमर्जेन्सी सेवा र कोरोना परीक्षणका लागि एन्टीजिन प्रविधिबाट परीक्षण भने भईरहेको जनाइएको छ ।
अस्पतालको पिसिआर परीक्षण शाखाका कर्मचारीहरुलाई कोरोना पोजेटिभ देखिएर पिसिआर सेवा बन्द भएपछि स्वाव परीक्षणमा जटिलता थपिएको छ ।
https://www.youtube.com/watch?v=KzsKfmZ0GMY&t=21s
थप समाचारहरु
नवलपरासीमा नारायणी नदीमा युवतीको वेवारिसे शव फेला
नवलपरासीमा जन्तीलाई भ्यानले ठक्कर दिंदा, १ जनाको मुत्यु १७ जना घाइते
बुटवल देबीनगरमा ढिस्को खसेर पुरिँदा २ जनाकाे मृत्यु,३ जना घाइते
कावासोतीको बालुवा डाँडामा बन्यो भ्यु टावर, कावासोतीको सम्पूर्ण दृष्य अवलोकन गर्न सकिने
अझै तीन दिन मौसम नखुल्ने; पानी र हिउँले चिसो बढ्ने
