नवलपुर क्रिकेट संघमा सापकोटा

कावासोती । नवलपुर जिल्ला क्रिकेट सघंको दोस्रो साधारण सभा तथा जिल्ला अधिवेशन आज कावासोतीमा भएको छ ।
साधारण सभा कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले खेलकुद विकासको क्षेत्रमा सवैको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
प्रकाश पौडेलको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनले आगामी चार वर्ष कार्यकालका लागि धामनाथ सापकोटाको अध्यक्षतामा दश सदस्यीय नवलपुर क्रिकेट संघ गठन गरेको छ ।
समितिको उपाध्यक्षमा इन्द्र सिग्देल सचिव विवेक न्यौपाने कोषाध्यक्षमा सागर गैरेलाई सर्वसम्मत चयन गरेको छ ।
यसैगरी सदस्यमा प्रकाश पौडेल, रमेश तिवारी, सुमन पण्डित, ओमकार कंडेल लिलाराम शर्मा कंडेल, बावुराम घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रिय प्रतिनिधि सुदिप पिया, निर्वाचन समितिका संयोजक अधिवतmा जनक ढुङ्गाना, सदस्य होमराज रानाभाट र दिपेश खनालले निर्वाचन सहजिकरणको भुमिका निर्वाह गरेका थिए ।
https://www.youtube.com/watch?v=_CaRFliupNg&t=22s
