पशुमा लाग्ने खोरेत रोगको बारेमा जानकारी




खोरेत एक प्रकारको पशुहरूलाई लाग्ने सरुवा पशुरोग हो । यो रोग लागेमा पशुहरूको खुर पाक्ने भएकोले यस रोगको नाम खोरेत रोग अथवा खुरको रोग पर्न गएको हो।

यो रोग खास गरेर घरमा पालिने जनावर गाई, भैंसी, बाख्रा आदीलाई लाग्दछ।




यो रोग लागेमा पशुहरूका खुर पाक्नुको साथै ज्वरो आउने, घाँस नखाने जस्ता लक्षणहरू पनि देखा पर्छन्। यदी खोरेत रोगको बेलैमा ध्यान पुगाउन न सकेमा खोरेत रोग लागेको पशु मर्न पनि सक्छ। आज हामी खोरेत रोगको सम्पूर्ण जानकारी लिएर आएका छौ ।

 

रोग सर्ने तरिकाः

– रोगी पशुसँग लसपस भएमा,
– रोगी पशुको ¥यालले दुषित बनाएको दानापानी खाएमा,
– रोगी पशुले फोहोर बनाएको भांडाकुंडामा दानापानी खाएमा,
– रोगी पशुलाई राखेको खोरमा राखेमा
– रोगी जनावरको मासु
– कांचो दूध र खोरेत विषाणुले दुषित सामान, गाडी आदिको माध्यमबाट
– कुनै मानिस रोगी जनावरको सम्पर्कमा रहेको अवस्थामा निजको श्वास नलीभित्र २४ घण्टा खोरेत विषाणु बाच्न सक्छ र रोग सार्न सक्छ ।

लक्षणहरूः

– यो रोग लाग्दा एकदम बढी ज्वरो (१०४–१०६ डिग्री फरेनहाइट) आउँछ। बिस्तारै घाँसपात नखाने, झोक्राउने हुन्छ।
– मुख वरिपरि विशेष गरी गिजा र जिब्रोमा स–साना फोकाहरू आउँदछन् । यस सँगसँगै खुट्टाको खुरको कापमा पनि फोकाहरू आउँछन् पशु खुट्टा खोच्याएर हिँड्छ र पछि लंगडो हुन सक्छ।
– मुख वरिपरि घाउ आउने भएको कारण र्याल चुहाउँछ। यस रोगले ठूला माउहरूभन्दा पाठापाठीलाई बढी असर पुर्याउँछ ।
– कहिलेकाहीँ खोरेत रोगका कारण थुनेलोको समस्या पनि देखिन्छ। ब्याउने माउहरूमा गर्भ तुहिने समस्या देखिन सक्छ ।

खोरेंत रोगको उपचार कसरी गर्ने भन्ने बारे जानकारी
क) मुखको घाउलाई १ प्रतशितको पोटास पानीले सफा गरिदिने वा फिटकिरी पानीले सफा
गरिदिने ।
ख) खुरका घाउलाई पोटास पानीले धोएर हिमैक्स वा लोरेक्जेन मलहम लगाउनुपर्छ वा २ प्रतिशत निलोतुथोले घाउ सफा गर्न सकिन्छ ।
ग) खुट्टाको घाउमा फिनेल प्रयोग गर्न पनि सकिन्छ ।
घ) घाउहरूमा अन्य जीवाणु प्रवेश गरी संक्रमण नगरुन् भन्नका लागि पशुलाई एन्टिबायोटिक सुई लगाउन सकिन्छ ।
ङ) खोरेंत देखिइरहने ठाउँमा रोकथामका लागि खोरेंत विरूद्ध खोप लगाउनुपर्दछ । ६ महिनाको उमेर पुगेपछि पहिलोपटक खोप लगाउने र प्रत्येक वर्ष दोहोर्याउने बढी देखिने
ठाउँमा ६–६ महिनामा दोहोर्याउने

रोकथामः
– गोठलाई सफा गरि राख्ने र पशुलाई सकेसम्म बंधुवा गरि पाल्ने ।
– रोगी पशुलाई बेग्लै राख्ने र रोगी पशुले दुषित बनाएको दानापानी आदिलाई गाडि दिने।
– रोगबाट मरेकोलाई पनि गहिरो गरि खाल्डोमा पुर्नु पर्दछ ।
– निरोगी पशुलाई ६।६ महिनामा खोरेत रोगकोे एफ.एम.डी. भ्याक्सीन लगाउनु पर्दछ।
– रोग फैलिएको शंका लागेमा नजिकको सेवा केन्द्रमा तुरुन्तै खबर गर्नु पर्दछ ।

https://www.youtube.com/watch?v=5EY3fk3fueY&t=236s

 



सम्बन्धित
Loading...