म्यानपावर कम्पनीलाई वर्गीकरण गरिने, ‘कुन राम्राे र कुन नराम्राे’ भनेर छुट्याउन सजिलाे हुने




श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) लाई वर्गीकरण गर्ने तयारी गरेको छ ।

मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।




कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य छन् ।

कार्यदलले म्यानपावर कम्पनीलाई विभिन्न समूहमा वर्गीकरण गर्न मापदण्ड तथा सूचकहरू तयार गर्नेछ ।

वर्गीकरण गर्दा वैदेशिक रोजगारमा संलग्न म्यानपावर कम्पनी कुन राम्रो र कुन नराम्रो भनेर छुट्याउन सजिलो हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताए ।

वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउँदै सुधारका लागि वर्गीकरण गर्न लागिएको उहाँकाे भनाइ छ ।

नेपालमा अहिले आठ सयभन्दा धेरै म्यानपावर कम्पनी रहेका तथ्याङ्क छन् ।



सम्बन्धित
Loading...