ई–पासपोर्टमा पनि ठगहरुको विगविगी


 



 ई–पासपोर्ट बनाउने स्थानमा पनि ठगहरुको विगविगी रहेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले बिहीबार ३ जना अनलाइन पासपोर्टमा किर्ते गर्नेलाई पक्राउ गरेको छ ।




पासपोर्ट बनाउने अड्डामा नै सरकारी कागजात किर्तेको रहस्य खुलेको हो ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले सेवाग्राहीसँग प्रतिव्यक्ति पाँच हजार रुपैयाँ लिने गरेको प्रहरीले बताएको छ ।

नक्कली कागजात बनाइ ई–पासपोर्टको सम्पर्क मिति अगाडि सारिदिने तीनजना व्यक्तिलाई बिहीबार पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा जिल्ला सिन्धुपाल्चोक, जुगल गापा वडा नं ७ का दिनेश तामाङ, जिल्ला लम्जुङ बेसीसहर गापा वडा नं ११  नविन कुमार श्रेष्ठ र  जिल्ला सुर्खेत वीरेन्द्रनगर नपा वडा नं १२ चनौटेका यम बहादुर थापा मगर रहेका छन् ।



सम्बन्धित
Loading...