फेसबुक मार्फत नाबालिकालाई साथी बनाई ब्ल्याकमेल गरि बलात्कार


सौगात महर्जन नामको नक्कली फेसबुक एकाउन्टबाट करिब ३ महिना अगाडि मात्र पीडित परिवर्तित नाम महाराजगञ्ज ‘३१२’ सँग साथी बनी बनाए ।



उनले चिनजान अगाडि बढ्दै जाँदा पीडित महाराजगञ्ज ३१२ लाई पीडकले बारम्बार भिडियो कल गरी संवेदनशील अंगहरु देखाउन लगाई भिडियो कल रेकर्ड गर्ने गरेका थिए ।

साथै स्कुलमा साथीहरु तथा घर परिवार समेतलाई उक्त भिडियो देखाउँछु र सामाजीक सञ्‍जालमा भाइरल बनाउँछु भनी धाक धम्की दिई ब्ल्याकमेल गर्ने गर्न थाले ।



पुष गते राती अं. २०ः०० बजेको समयमा पीडित महाराजगञ्ज ‘३१२’ लाई जिल्ला काठमाण्डौं बुढानिलकण्ठ नजिकै रहेको एक निर्माणाधिन घर पछाडि भेट्न बाध्य बनाई निज नाबालिकालाई जवरजस्ती करणी गरी फरार रहेका छन ।

अनुसन्धान गर्ने क्रममा महर्जनले अर्कैको नामको नक्कली फेसबुक एकाउन्ट खोलेको भेटिएको छ । उनले जिल्ला काभ्रेपलाञ्चोक, पनौती नगरपालीका वडा नं.१ स्थायी घर भई हाल ललितपुर पाटन सुन्धारा बस्ने वर्ष २१ को सुजन श्रेष्‍ठ भन्ने खुलेको हाे ।

निज सुजन श्रेष्‍ठलाई पुष ३० गते नियन्त्रणमा लिई महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान गरिरहेको छ ।

काठमाण्डौ जिल्ला अदालतको आदेशबाट पीडित नाबालिका परिवर्तित नाम महाराजगञ्ज ‘३१२’ लाई ज.ज.क. गर्ने वर्ष २१ को सुजन श्रेष्‍ठ पुर्पक्षका लागि कारागार कार्यालय, जगन्नाथ देवल काठमाण्डौमा थुनामा राखेको प्रहरीले जनाएको छ ।

.

.



सम्बन्धित
Loading...