कावासाेतीका अटो चालक हत्याका अभियुक्त पक्राउ




गत साता कावासोतीको गैरीमा एक अटो चालकको हत्यामा संलग्न भएको आरोप लागेका पृथ्वी भुजेललाई जिल्ला प्रहरीले झापाबाट पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरीका अनुसार गत माघ १७ गते अटो चालक ५२ वर्षीय माधव गिरी र भुजेलले साँझ सँगै गाउँमा मदिरा पिएको र त्यसै राति गिरीको हत्या भएको थियो ।




हत्या भएपछि फरार भएका भुजेललाई भारतबाट पक्राउ गरेर बुधबार झापामा ल्याइएको प्रहरी श्रोतले बताएको छ । उनलाई कावासोतीबाट गएको प्रहरीको टोलीले ल्याउँदै गरेको बुझिएको छ ।

जिल्ला प्रहरीले चालक हत्यामा संलग्न रहेको भन्दै खोजी गरिरहेका गिरी मृतकका गाउँलेसमेत हुन् ।

कावासोती नगरपालिका वडा नम्बर १३ गैरी गाउँका ती अटो चालकको हत्या गरेर घोलको हिलोमा पातले छोपिएको अवस्थामा शव भेटिएको थियो ।

.

.

ती अटो चालकको आफ्नै घरबाट करिब ८ सयमिटर उत्तरमा उनको शव अघिल्लो मंगलबार बिहान भेटिएको थियो। प्रहरीले तालिम प्राप्त कुकुर प्रयोग गरी अनुसन्धान गरेको थियो ।

घटना भएकै दिनदेखि फरार रहेका भुजेललाई प्रहरीले निरन्तर खोजी गरिरहेको थियो ।

गत १८ गते बिहान गाउँमा दुध छोड्न हिँडेका व्यक्तिले बाटोमा अटो पल्टिएको देखेपछि गाउँमा खबर पुगेको थियो र प्रहरीलाई जानकारी गराइएको हो ।

त्यतिखेर घटनास्थल वरपर सिक्री, २ थान मोबाइल र जुत्ता फेला परेको थियो । हत्या अभियोगमा यसअघि नै पक्राउ परेका भुजेलका आफन्तले घटनाको दिनमा भुलेज पनि सँगै रहेको बयान दिएको प्रहरी श्रोतको भनाइ छ ।

घटनास्थलमा फेला परेको मोबाइलको आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

शव पानीमा गाडेपछि हत्यारा पत्ता लगाउन कठिन हुने मनसायले त्यसो गरेको हुन सक्ने प्रहरीको भनाइ छ । स्थानीयका अनुसार भुजेल जीविकोपार्जनका लागि ज्याला मजदुरी गर्छन् ।

.



सम्बन्धित
Loading...