सिद्धबाबा नजिकै स्काभेटरमा एक युवाको शव फेला


 




पाल्पाको तिनाउ ३ स्थित तल्लो सिद्धबाबा नजिकै एक युवा मृत अवस्थामा फेला परेका छन् ।

 


स्याङ्जाको कालिगण्डक ३ ठेकरदीका ४० वर्षीय अर्जुन घर्ती गएराती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 

तल्लो सिद्धबाबा नजिकै सडक छेउमा पार्किङ गरेर राखिएको स्काभेटरमा ज्याकेटको टोपीमा रहेको रसीले पासो लगाएर झुण्डिएको अवस्थामा घर्तीलाई भेटिएको थियो ।

 

स्थानीयले देखेपछि तत्कालै इलाका प्रहरी कार्यालय दोभानमा खबर गरेका थिए ।

 

बुधबार राती करिब १० बजेको समयमा भेटिएको उनको शबलाई थप अनुसन्धानका लागि पोष्टमार्टम गर्न पठाइएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...