ओमानद्वारा नेपालसामु १ सय ३६ रनको लक्ष्य




चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आयोजक ओमानले नेपाललाई १ सय ३६ रनको लक्ष्य दिएको छ ।

अल अमिरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन जोड्यो ।




ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रनको योगदान गरे । जातिन्दर सिंहले १३, अयान खान ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे ।

 

नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । कप्तान सन्दीप लामिछाने, कमल ऐरी, र आरिफ शेखले एक–एक विकेट हात पारे ।

 

नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ ।

 

 



सम्बन्धित
Loading...