बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु





रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

तीन जना चढेको लु ६० प ३६५२ नम्बरको मोटरसाइकल आज बिहान चार बजे अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकलमा पछाडि सवार गैडहवा गाउँपालिका ९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको हो ।

 


दुबै जनाको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

यसैगरी दाङको राप्ती गाउँपालिका १ पाखापानीमा आज बिहान रा १ ख १२ ८६ नम्बरको टिपरले ठक्कर दिंदा स्थानीय ४० वर्षीया डिला पौडेलको मृत्यु भएको छ ।

 



सम्बन्धित
Loading...