नेपाल–साउदी अरेबिया अब सिधा हवाई उडान




नेपालबाट रोकिएको साउदी अरेबियाको सिधा हवाई उडान पुनः सुरु भएको छ ।

साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाउन कठिनाइ भएपछि हिमालय एअरलाइन्सले २६ माघदेखि २९ माघसम्म दमाम र रियादका लागि उडान बन्द गरेको थियो ।

 




साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाएसँगै आइतबार(१ फागुन)देखि ती उडान पुनः सञ्चालन भएको कम्पनीले जनाएको छ ।

२६ र २७ माघका दिन विमानस्थल पुगेका यात्रुहरुको टिकटको पूर्ण रकम फिर्ता र आवासको व्यवस्था आवश्यकताका आधारमा उपलब्ध गराउन सहजीकरण समेत गरिएको कम्पनीको भनाइ छ ।

 

२७ माघ (१० फेब्रुअरी, २०२२) पछि यी क्षेत्रका लागि अग्रिम टिकट बुक गरेका यात्रुले पूर्ण रकम फिर्ता र टिकट रिसेड्युलिङ गर्न आफ्ना सम्बन्धित ट्राभल एजेन्सी वा हिमालय एअरलाइन्को बिक्री कार्यालयमा सम्पर्क गर्न समेत कम्पनीले यात्रुलाई आह्वान गरेको छ ।

 



सम्बन्धित
Loading...