साउदीमा २२४ नेपालीले ज्यान गु\माए




गएको एक वर्षमा साउदीमा मात्रै दुई सय २४ नेपालीको ज्या’न गएको छ ।

सन् २०२१ भरीमा दुई सय २४ नेपालीले साउदीमा दुर्घटना लगायत विविध कारणले साउदीमा ज्या’न गुमाएको साउदीमा रहेको नेपाली दूतावासले उल्लेख गरेको छ ।

 




ज्यान गुमाएका मध्ये एक सय ८९ जनाको शव स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको छ ।

मृत’क नेपालीले मृत्यु हुनुअघि साउदीमा पाउनु पर्ने ३३ लाख ८२ हजार ६ सय ६८ साउदी रियाल प्राप्त गरी दूतावासले स्वदेश पठाएको छ ।

 

विभिन्न समयमा सडक दुर्घ’टनामा परी ज्यान गुमाएका २०४ जना नेपाली कामदारको ब्लड मनी सम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलो अप गरिएको र अदालतमा दायर तथा सुनुवाइ भएका मध्ये ३७ मुद्दाको फैसला भएको छ ।

 

२४ वटा फैसलाबाट साउदी रियाल १३ लाख ८६ हजार ५ सय ब्लड मनी समेत प्राप्त भई मृतक कामदारको नाममा पठाइएको दूतावासले जनाएको छ ।



सम्बन्धित
Loading...