विदेश पठाउने भनेर ४५ लाख बढी ठगीको आरोपमा महिला पक्राउ


 



 

चितवन। विदेश पठाइदिन्छु भनेर आफन्तलाई ठगी गर्ने चितवनकी एक जना महिलालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।




जिल्ला प्रहरी कार्यालय चितवनले खैरहनी ७ सुर्तना बस्ने बर्ष ३८ की मिना चौधरीलाई पक्राउ गरेको छ ।

उनले वैदेशिक रोजगारमा राम्रो कमाई हुने, आफूले चिनजानका तथा आफन्तबाट भिषा मगाएर कम रकममा नै बिदेश पठाई दिन्छु भनि ठगी गरेको प्रहरीले जनाएको छ।

बिभिन्न मितिमा ३८ जना ब्यक्तीहरुसँग पैतालिस लाख पचहत्तर हजार रुपैया मात्र रकम लिई ठगी गरेको सुचना पाएपछि प्रहरीले पक्राउ गरेको हो ।

उनलाई चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई ठगी मुद्धामा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

 



सम्बन्धित
Loading...