हाइसको मालिक हुने सपना बोकेर विदेश गएका कावासोतीका परियार उतै अस्ताए




नवलपुर । पूर्वी नवलपरासीको कावासोती–८ का ४० वर्षीय भीमलाल परियार तीन महिनाको छुट्टी सकेर गत कार्तिकमा साउदीअरब गए । त्यहाँ पुगेको एक महिनामै सुतिरहेको बेला उनको निधन भयो । निधनको कारण नखुलेपनि ह्दयघात भएको बताइएको छ ।

घर परिवार राम्रै चलेको थियो । लहरीमा चालक थिए आम्दानी पनि राम्रै थियो । गाउँघरमा दुखसुख पर्दा सरसापट दिने र सरसापट सजिलै पाउने भएका थिए । सानो घर बनाएका थिए । अब अन्तिम पटक गएर अब गएको पैसाले एउटा हाइस किनेर नेपालमै आफै मालिक भएर काम गर्ने अन्तिम इच्छा बोकेर पहिला नै काम गरेको कम्पनीमा फेरि साउदी गएका थिए । तर उनको सपना, सपनै रह्यो ।




३ महिनाको घर छुट्टी सकेर उनी तेस्रो पटक साउदी फर्किका थिए । यस पटकको कमाईले हाइस किन्ने र नेपालमै आफ्नै हाइसमा चालक भएर हिड्ने । उनको सपना पुरा हुन कम्तिमा दुई बर्ष विदेशी भूमिमा श्रम गर्नु थियो । उनको यो अन्तिम इच्छा भने विदेशी भूमिले पुरा गर्न सकेन ।

नेपालबाट साउदी गएको करिब एक महिनामा अर्थात गएको मंसिर ४ गते उनको सुुतिरहेको अवस्थामा निधन भयो । उनको मृत्युको कारण नखुले पनि उनलाई हृदयघात भएको आशंका गरिएको छ । उनको शव एक महिना पछि नेपाल आयो ।

श्रीमती, एक छोरी, एक छोरा बुहारी र एक नातिनीसँग नेपालमै बसेर हाँसीखुसी जीवन काट्ने उनको चाहाना कहिलै पुरा नहुने गरी भिमलाल परियार सदाका लागि यस धर्तिबाट विदा भए ।

उनको परिवार अहिले जेनतेन चलेको छ । परिवारकी २० बर्षीय छोरी टिकामाया परियार भन्छिन् – बाबा भएजस्तो कहाँ हुन्छ र ? बाबा हुँदा जस्तो सजिलो छैन घर चलाउन ।

भिमलाल विदेश जानु अघि गरेको विमा र श्रम वापतको २१ लाख रकम सामी परियोजना कावासोती नवलपुरका सहयोगबाट उनको परिवारले पाए अहिले त्यही भरमा उनको परिवार चलिरहेको छ । घर चलाउने जिम्मा उनीकी २० बर्षीया जेठी छोरी टिकामाया परिवारको काँधमा आएको छ ।



सम्बन्धित
Loading...