पल शाह आफै आज प्रहरी समक्ष हाजिर हुने

नाबालिका गायिकालाई बला’त्कार गरेको आरोप लागेका नायक पल शाह आज आफै प्रहरीकोमा हाजिर हुने भएका छन् ।
आज केही बेर अगाडि उनले आफ्नो आधिकारिक फेसबुक मार्फत यस्तो जानकारी गराएका हुन् ।
उनले म यस्तो गीत गाउँछु २ को प्रदर्शनमा कुनै समस्या नआओस् भनेर केही समय सम्पर्कमा नरहेको जानकारी गराउँदै उनले आजै प्रहरी समक्ष हाजिर हुने जनाएका हुन् ।
नायक पलले आफ्नो फेसबुक पेजमा लेखेका छन् – नमस्कार सबैमा ,
मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ूम यस्तो गित गाउछु २ू गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज ९आइतबार ० नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद i
उनलाई प्रहरीले बालगालिका बलात्कारको आरोपमा पक्राउ पूर्जी जारी गरेको छ । यति बेला सामाजिक सञ्जालमा उनको पक्ष र विपक्षमा टिकाटिप्पणी हुने क्रम निक्कै चलेको छ ।
