दुर्गेश र समीक्षा देवचुली महोत्सवबाट पनि आउट




नवलपुर । गायक दुर्गेश थापा र नायिका समीक्षा अधिकारी पूर्वी नवलपरासीको देवचुलीमा सोमबारबाट शुरु हुने महोत्सवबाट बाहिरिएका छन् ।

 

आयोजकले महोत्सव शुरु हुनु पूर्व बनाएको प्रचारप्रसारमा गायक दुर्गेश थापा र नायिका समीक्षा अधिकारीलाई पनि निमन्त्रणा गरिएको भन्दै प्रचार गरिएको भए पनि आज गरिएको पत्रकार सम्मेलनमा उनीहरुलाई हटाइएको जानकारी गराइएको थियो ।

 




देवचुली महोत्सव प्रगतिनगरमा फागुन १६ गतेदेखि २८ गतेसम्म चल्दै छ । पत्रकार सम्मेलनमा महोत्सव आयोजक देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाले महोत्सवमा सामाजिक विवादमा आएका कलाकारहरुलाई नसमेटिने निर्णय भएको बताए ।

 

 

यस अघि बर्दघाटको महोत्सवबाट पनि दुर्गेश र समीक्षा कलाकारको सूचीबाट बाहिरिएका थिए ।

 

पल शाह प्रकरणमा विवादमा मुछिएकपा कलाकारहरुलाई पछिल्लो समय नेपालका सांस्कृतिक कार्यक्रममा बहिस्कार अभियान नै थालेका छन् ।

 

पल शाह आफै आज प्रहरी समक्ष हाजिर हुने

 

दुर्गेश र समिक्षा बर्दघाट व्यापार मेलाबाट हटाईयो



सम्बन्धित
Loading...