क्यानडा पठाइदिन्छु भन्दै लाखाैँ रुपैयाँ ठगी गर्ने पक्राउ, नक्कली भिसा र टिकट बनाएर ठगी




काठमाण्डौ – क्यानडा पठाइदिन्छु भनी नक्कली कागजात बनाएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको जनकनन्दिनी गाउँपालिका स्थाइ घर भइ काठमाण्डौको गौशाला बस्दै आएका २३ वर्षीय लालबाबु कापरलाई प्रहरीले पक्राउ गरेको हो । कापरले सर्लाहीका अरबिन्दकुमार साहलाई क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

 




आफू पनि क्यानडा जाने र क्यानडामा आफ्नो मान्छे भएकाले सजिलै क्यानडा पठाउन सक्ने भन्दै प्रलोभनमा पारेर १२ लाख २० हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।

 

पैसा हात लागेपछि कापरले पीडितको मेल आईडीमा भिसा र हवाई टिकट समेत पठाएका थिए । गएको जनवरी १० मा उडान रहेको भनी एअरपोर्ट पुग्दा आफूलाई पठाइएको भिसा र टिकट समेत नक्कली भएको थाहा पाएपछि पीडित साहले आफू ठगिएको भन्दै प्रहरीकोमा जाहेरी दिनुभएको थियो ।

 

त्यसपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गएको १३ गते कापरलाई तिनकुनेबाट पक्राउ गरेको हो । अहिले कापरलाई आवश्यक कारवाहीको  लागि  महानगरीय प्रहरी वृत सातदोबाटो पठाइएको अपराध महाशाखाले जनाएको छ ।

 

पछिल्लाे समय युराेपेली तथा अमेरिकी देशकाे राेजगारीकाे प्रलाेभनमा पारेर ठगी गर्ने क्रम बढेकाे छ । यसबारे सचेत रहन प्रहरीले आग्र गरेकाे छ ।

 



सम्बन्धित
Loading...