एप्पलले सार्वजनिक गर्यो सस्तो आईफोन एसई २०२२
एप्पलले आफ्नो चिर प्रतीक्षित आईफोन एसई २०२२ सार्वजनिक गरेको छ।
कम्पनीले मंगलबार आफ्नो पीक पर्फर्मेन्स इभेन्टमा अन्य डिभाइसहरुसँगै आईफोन एसई २०२२ पनि सार्वजनिक गरेको हो।
यो तेस्रो जेनेरेशन आईफोन एसई हो जुन दोस्रो आएको दुई वर्षपछि आएको छ।
झट्ट हेर्दा यसको डिजाइन आईफोन ६ जस्तै देखिन्छ भने आन्तरिक उपकरणहरुमा भने निकै सुधार गरिएको बुझिएको छ।
आईफोन १३ मा रहेको ए१५ बायोनिक चिपयुक्त यो डिभाइस ६४,१२८ तथा २५६ जीबी आन्तरिक स्टोरेजमा उपलब्ध छ।
जीएसएमएरिनाका अनुसार यसको स्क्रीन ४.७ इन्चको रहेको छ भने यसलाई सेरामिक शिल्डको सुरक्षा दिइएको छ।
यसमा पछाडि १२ मेगापिक्सेलको सिगल क्यामरा सेटअप छ भने एचडीआर४, फोटोग्राफिक स्टाइल्स तथा डीप फ्युजन समावेश छ।
फाइभजी कनेक्टिभिटीका पनि दिइएको यो डिभाइस मार्च ११ देखि प्रि-अर्डर गर्न सकिने बुझिएको छ।
यसको ६४ जीबी भेरियन्टको ४२९ डलर मूल्य तोकिएको छ भने अस्ट्रेलिया, भारत, चीनलगायत विश्वका ३० देशमा शिपमेन्ट हुने पनि बताइएको छ।