क्रिकेटको नियम परिवर्तन : अब बलरले बलमा थुक लगाउन नपाउने

मेरिलबोन क्रिकेट क्लब (एमसीसी) ले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटको नियममा संशोधनको घोषणा गरेको छ । तर यो नियम यस वर्षको १ अक्टोबरपछि मात्रै लागू गरिने छ । अस्ट्रेलियामा हुने टी–२० विश्व कप भन्दा पहिले क्रिकेटको नियम फेरिने बताइएको छ ।
क्रिकेट ल ४१.३ – नो सलाइभा
एमसीसीले अब क्रिकेटको बल चमकाउनका लागि थुकको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । यसअघि कोभिड–१९ का कारण यो नियम अल्पालीन् रुपमा लागू भएको थियो । तर एमसीसीले यसलाई अब कानुन नै बनाएको छ । खेलाडी बल चम्काउन पसिनाको प्रयोग गररहेका थिए र यो पनि त्यत्तिकै प्रभावकारी थियो ।
ल १८–खेलाडी आउट भएपछि नयाँ खेलाडीले लिनेछ स्ट्राइक
एमसीसीको नयाँ नियमका अनुसार कुनैपनि खेलाडी आउट भएपछि मैदानमा आउने नयाँ खेलाडीले नै स्ट्राइक लिनेछ । हालसम्म क्याच आउट हुनु भन्दा पहिलो यदि सट खेल्ने खेलाडी बलिङ एन्डमा पुग्यो भने नयाँ ब्याट्सम्यान नन स्ट्राइकर एन्डमै हुने गर्दथ्यो । अब कुनै पनि किसिमबाट आउट भएपछि नयाँ खेलाडीले नै स्ट्राइक गर्ने छ । एमसीसीको सुझावमा इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) द्वारा पहिलो पटक लीगमा यसको परीक्षण पनि गरिएको थियो ।