पूर्वी नवलपरासीमा पल शाहको बयान मध्यरातसम्म




जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई पूर्वी नवलपरासी प्रहरी र सरकारी वकिल कार्यालयले बयान लिएको छ ।

 

मंगलबार उनलाई तनहुँबाट पूर्वी नवलपरासीमा उपस्थित गराइएको थियो ।

 




शाहको बयान र अनुसन्धान भइरहेको पूर्वी नवलपरासीका प्रवक्ता (डिएसपी) दिलिप गिरीले बताए । शाहविरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि जाहेरी दर्ता भएको थियो । तनहुँमा जाहेरी दिएकी नाबालीगले नै पूर्वी नवलपरासीमा जाहेरी दिएकी हुन् ।

तनहुँ जिल्ला अदालतले दोस्रोपटक थप १२ दिन हिरासतमा राख्न अनुमती दिएको हुनाले पूर्वी नवलपरासीमा हिरासतमा राख्न म्याद लिनुपर्दैन । बयान र त्यहाँ दर्ता भएको जाहेरीबारे अनुसन्धान सकेर उनलाई तनहुँ पठाइने डिएसपी गिरीले जानकारी दिए ।

नाबालिगलाई उनले फरक समयमा पूर्वी नवलपरासीमा पनि बलात्कार गरेको आरोप छ । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) प्रहरीको हिरासतमा छन् ।

 

वयान साँझ साढे ७ बजे सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय अगाडि स्थानीय युवायुवती तथा बालबालिकाहरुले नाराबाजी र हो हल्ला गरेका थिए् ।

 

https://www.youtube.com/watch?v=s93Z9BTA38Q

 



सम्बन्धित
Loading...