किन परिवर्तन हुँदैछ भारतीय रिटेल स्टोर ‘बिग बजार’को ब्राण्ड नाम ?

भारतीय धनाढ्य मुकेश अम्बानीले बिग बजार’ को ब्राण्ड नाम परिवर्तन गर्ने भएका छन् ।
फ्युचर ग्रुपसँग गत वर्ष आफ्नो स्वामित्वमा लिएपछि अम्बानीको रिलायन्स इन्डस्ट्रीले बिग बजारको नाम परिवर्तन गर्ने भएको हो ।
भारतमा अहिलेसम्म ‘बिग बजार’ को नामबाट रिटेल व्यापार गर्दै आएको कम्पनीको नाम अब स्मार्ट बजार राखिने भएको हो । यो नाम अब देशका ९५० स्थानमा एकैसाथ देखापर्ने बताइएको छ ।
अम्बानीले बिग बजारलाई आफ्नो स्वामित्वमा ल्याएको एक वर्षभन्दा बढी भइसकेको छ ।
उनले फ्युचर ग्रुपबाट बिग बजारलाई आफ्नो स्वामित्वमा ल्याउन २४ हजार ७१३ करोड रुपैयाँ खर्च गरेका थिए ।
यसअघि घाटामा चलिरहेको बिग बजारलाई रिलायन्स रिटेलले लिएपछि नयाँ ब्रान्डसहित व्यापार सुरू गर्न लागेको हो ।