कावासोती मेयर कपः सुमन बस्नेतको ह्याट्रिक सहित ७–० गोल अन्तरले कावासोती १६ विजयी


 



कावासोती । कावासोतीमा आजबाट चौथो मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा कावासोती १६ ले कावासोती १० लाई ७–० गोल अन्तरले पराजित गरेको छ ।
कावासोती १६ का लागि १० नम्बर जर्सीका खेलाडी सुमन बस्नेतले पहिलो हाफमै ३ गोल गर्दै ह्याट्रिक गरेका थिए ।




कावासोती १६ को अगाडि कावासोती १० का खेलाडीहरु निक्कै कमजोर देखिएको थियो । कावासोती १६ ले कावासोती १० विरुद्ध पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा ४ गोल गरेको थियो ।

प्रतियोगिता कावासोती नगरपालिकाको आयोजनामा कावासोती पिठौलीको राजमन्दिरमा भएको छ ।

 

 

 

 

 

 

 

 

 



सम्बन्धित
Loading...