पल विरुद्ध नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता

नवलपुर । पल शाह विरुद्ध नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता भएको छ ।
पूर्वी नवलपरासीको गैडाकोटको गैडाकोट रिसोर्टमा मादक पदार्थ सेवन गराई नाबालिका पटक पटक करणी गरेको आरोपमा पल शाह विरुद्ध नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता भएको स्रोतले जनाएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरले पल शाह विरुद्ध अभियोग दर्ता गराएको हो ।
पल शाह विरुद्ध नावालिकालाई करणी गरेको आरोपमा तनहु जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको छ ।
विहीबार नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता भएको हो । अब पलले नवलपुर जिल्ला अदालतमा पनि वयान दिन आउनु पर्ने छ ।
उनलाई यस अघि जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरी र सरकारी वकिलले वयान लिएको थियो । उनको अभियोग प्रमाणित भए नवलपुर जिल्ला अदालतले सजाय तोक्ने छ ।
https://www.youtube.com/watch?v=s93Z9BTA38Q