पल विरुद्ध १२ देखि १४ बर्ष कैद र ४ लाख क्षतिपूति मागदावी सहित नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता




रामकुमार श्रेष्ठ
नवलपरासी, ३ फागुन । पल शाह विरुद्ध नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता भएको छ ।

पूर्वी नवलपरासीको गैडाकोटको गैडाकोट रिसोर्टमा मादक पदार्थ सेवन गराई नाबालिका पटक पटक करणी गरेको आरोपमा पल शाह विरुद्ध नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता भएको स्रोतले जनाएको छ ।

 




जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरले पल शाह विरुद्ध अभियोग दर्ता गराएको हो ।

किशोरीले आफूलाई एक वर्षअघि गैंडाकोटको होटलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पलविरुद्ध उजुरी दिएकी थिइन् । ती किशोरीको उजुरीको आधारमा सरकारी वकिलको कार्यालयले बिहीबार मुद्दा दर्ता गरेको हो ।

 

पल शाह विरुद्ध नावालिकालाई करणी गरेको आरोपमा तनहु जिल्ला प्रहरी कार्यालय तनुहमा पनि किटानी जाहेरी परेको छ ।

 

https://www.youtube.com/watch?v=s93Z9BTA38Q

 

तनहु प्रहरीले जिल्ला अदालत तनहूबाट २ पटक म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । पछिल्लो पटक थपिएको म्याद सकिन ४ दिन मात्र बाँकी छ ।

विहीबार नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता भएको हो । अब पलले नवलपुर जिल्ला अदालतमा पनि वयान दिन आउनु पर्ने छ ।

 

उनलाई यस अघि जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरी र सरकारी वकिलले वयान लिएको थियो । उनको अभियोग प्रमाणित भए नवलपुर जिल्ला अदालतले १२ देखि १४ बर्ष कैद सजाय तोक्ने छ ।

 

पललाई प्रहरीले नाबालिकाले दिएको उजुरी र मेडिकल रिपोर्टलाई प्रमुख आधार बनाएर मुद्दा अगाडि बढाएको हो ।

 

पल शाहलाई आइतबार नवलपुर जिल्ला अदालतमा वयान लिइने र उक्त दिन नै वयान सकिए सोही दिन थुनछेक बहस हुने सम्भावना रहेको अदालत स्रोतले जनाएको छ ।

पल अहिले जिल्ला प्रहरी कार्यालय तनहुको न्यायिक हिरासतमा रहेका छन् ।

 

गैंडाकोटमा गीत छायांकनको क्रममा गत वर्ष चैत ७ गते रिसोर्टमा राखेर आफुलाई बलात्कार गरेको भन्दै किशोरीले किटानी जाहेरी दिएकी थिइन् ।

एकैदिन सकिने छायांकनलाई दुई दिन लगाई राति रक्सी खुवाएर बलात्कार गरेको आरोप ती बालिकाकोे आरोप छ ।

 

१६ फागुनमा ती किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी दिएपछि भरतपुर अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयमा नवलपुरमा सरकारी वकिल र प्रहरीले लिएको वयानमा पलले आफूले करणी नगरेको र राति सुत्ने बेला गुडनाइट भन्ने उनको कोठाको ढोकासम्म गरेको वयान दिएका थिए ।

 

जिल्ला प्रहरी कार्यालयका अुनसार कावासोतीस्थित सरकारी वकिलले शाहलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनपर्ने माग दाबी गर्दै मुद्दा गर्दा गरेको हो ।

 

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसुरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेका हो ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका व ’लात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।

 

https://www.youtube.com/watch?v=oxWOBEYDoXo&t=14s

 

सोही अनुसारको सजाय माग दावी गरिएको उनले बताए । त्यस्तै योन हिंसा अध्यादेश २०७७ मा चार लाखसम्म जरिवाना हुनसक्ने उल्लेख छ ।

सोही अनुसार लाख रुपैयाँ क्षतिपूर्तिको समेत मागदावी सहायक जिल्ला न्यायाधिवक्ता नेपालीले बताए ।

 

सम्बन्धित समाचारहरू

पल विरुद्ध नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता

 

पल प्रकरण – ‘राति गुडनाइट भन्न ढोकासम्म गएँ, तर जबरजस्ती गरिनँ’

 

पल शाहका म्‍यानेजर पक्राउ

 

पल प्रकरणः ‘यो घटनाले धेरै छोरीहरुलाई बचाउने छ’

 

पूर्वी नवलपरासीमा पल शाहको बयान मध्यरातसम्म

 



सम्बन्धित
Loading...