युट्युबबाट चरित्र हत्या गरेको आरोपमा एक महिला पक्राउ
युट्युबमार्फत् चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले सेलेब नेपाल र अलोन मिडिया च्यानलमार्फत् भ्रामक तथा अनर्गल वक्तव्यबाजी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।
उनका अनुसार सुनसरी घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० बस्ने ३० वर्षीय शर्मिला वाइबालाई पक्राउ गरेको हो।
उनलाई प्रहरीले गत शुक्रबार चितवनबाट इलाका प्रहरी कार्यालय खैरहनीको सहयोगमा पक्राउ गरेको हो। पक्राउ गरी उनलाई काठमाडौं ल्याइएको हो।
वाइबाविरूद्ध साइबर ब्युरोमा रेखा थापाकी दिदीले उजुरी दिएकी थिइन्।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुर गरेको भन्दै काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ।