नवलपुरमा फुटप्वाइजनले ८ जना विद्यार्थी विरामी

नवलपुरमा फुटप्वाइजनबाट ८ जना स्कूले विद्यार्थी विरामी परेका छन् ।
कावासोती ६ बिष्णुनगरको जनता माध्यमिक बिद्यालयमा अध्ययनरत कक्षा ६ र ७ का गरी ८ जना विद्यार्थी विरामी परेका हुन् ।
विद्यालय नजिक रहेको खाजा घरमा खाजा खाएकोमा (चाउचाउ तरकारी) फुड प्वाइजन भई उपचारको लागि स्थानिय मेडिकल लगेकोमा थप उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।
विद्यार्थीको अवस्था मध्यम रहेको र विद्यार्थीको उपचारमा होटल सञ्चालक र विद्यालयका प्रिन्सिपल सहभागी रहेका छन् ।
फुटप्वाइजनले वर्ष १४ की तृषना सारु मगर (कक्षा ७ ), वर्ष १३ की सोभिता गुरुङ (कक्षा ६), वर्ष १४ की लक्ष्मी लुङगेली (कक्षा ७), वर्ष १४ की मनिका गुरुङ (कक्षा ७), वर्ष १३ की ज्योती राना (कक्षा ७), वर्ष १४ की मन्जु कुमाल (कक्षा ७), वर्ष १३ की सजना सुनार (कक्षा ७) र वर्ष १४ की ईन्दु कानु मगर (कक्षा ७) मा अध्ययनरत विद्यार्थी विरामी परेका हुन् ।
विरामी विद्यार्थीहरू निकाे भएर फर्किएका छन् ।