भारतीय व्यवधानले बनेन् नवलपरासीको सुस्ता जोड्ने झोलुङ्गे पुल


 



गण्डक बाँधको चाबी भारतसँग छ । सुख्खा समयमा पुलको काम गर्नुपर्छ, तर सोही बेला भारतले बाँधको चापी खोलेर नदीमा पानीको बहाव बढाउँछ । पाँच वर्षदेखि यही क्रम चलिरहेको छ ।
केशव पराजुली

 




नवलपरासी
अतिक्रमणको चपेटामा परेको नवलपरासीको सुस्तालाई जोड्न झोलुङ्गे पुल निर्माण सुरु भएको पाँच वर्ष भयो । तर अझैँ सकिएको छैन । भारतीय पक्षको अवरोधले काम गर्न कठिन भइरहेको छ ।पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीमा निमार्णाधिन झोलुङ्गे पुलको काम म्याद थप भएको समयमा पनि नसकिने भएको छ । भारतसँग सीमा जोडिएको नारायणी नदी पारीको सुस्ता गाउँ जोड्ने गरी निमार्ण सुरु भएको झोलुङ्गे पुलको पाँच वर्षमा पनि काम पूरा हुन सकेको छैन् । जसका कारण सुस्तावासीको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अझँै हटेको छैन् ।

 

२०७३ सालको पुसबाट सुरु भएको पुलको निर्माण कार्य तीन वर्षभित्रै सकिनुपर्ने थियो तर दोस्रो पटक थप गरिएको म्याद पनि यही चैत्र महिनाभित्र सकिदै छ । तर निर्माण सुरु भएको पाँच वर्षको अवधिमा पनि पुल निर्माणको काम नसकिने भएपछि स्थानीय निराश बनेका हुन् ।

 

पछिल्लो पटक निर्माणकर्ताले पुल निर्माणको काममा तीव्रता दिएका छन् । अहिले जमिन मुनि गर्नुपर्ने २ सय २० ओटा पाइलिङको काम सकिएको छ भने ठूला १४ ओटा पिल्लरको निर्माण कार्य सकिएको निर्माण व्यवसायी श्यामबहादुर तामाङ्गले बताए । जसमा दुई ओटा ठूला मुख्य पिल्लर रहेका छन् ।

 

तोकिएको अवधिमा नसके पनि यही आर्थिक वर्ष भित्र पुल सञ्चालनमा ल्याउने तयारी निर्माणकर्ताको छ ।
तर निर्माण व्यवसायीलाई समयमै काम सक्न नारायणी नदीमा रहेको गण्डक बाँध बाधक बनेको छ । गण्डक बाँधको तालाचाबी भारतको हातमा हुने भएकाले समस्या भएको हो ।

 

अहिले बाँधका ढोका थुनेर नहरमा भरेर सिँचाइका लागि भारतले पानी लगिरहेको छ । अब केही दिनमै गण्डक बाँधको ढोका खुल्ने छ र नारायणीको पानीको सतह बढ्ेपछि नदीको बीचमा गर्नुपर्ने काम रोकिने छ । पानीको सतह कम हुने मुख्य समय फागुन चैत्र र बैशाखमै धेरै काम सक्नुपर्ने हुन्छ, तर सोही समयमा भारतले पानी खोल्दा काम अवरुद्ध हुने गरेको निर्माण व्यवसायी तामाङ्गको भनाई छ । यस विषयमा भारतलाई आग्रह गरिए पनि भारतले नेपाली पक्षको आग्रह सुन्ने गरेको छैन् ।

 

नेपालकै सबैभन्दा लामो १ किलोमिटर ५ सय ७१ मिटर लम्बाई र १ दशमलव ६ मिटर फराकीलो झोलुङ्गे पुल निर्माणका लागि त्रिशुली आश्रय जेभी कन्स्ट्रक्सनले २० करोड रुपैयाँमा ठेक्का लिएको छ ।नारायणी नदीपारि भारतको विहार सीमासँग जोडिएको नेपाली भूमि सुस्ता पुग्न नेपालको एक मात्र बाटो जोखीमपूर्ण डुंगाको यात्रा गर्नु पर्दछ । कि त घुमाउँरो बाटो, भारतीय भूमि हुँदै गण्डक ब्यारेजबाट नेपाल आउन सकिन्छ ।

 

डुंगाको यात्रा जोखिमपूर्ण र समय लाग्ने भएकाले स्थानीय औषधि उपचार र दैनिक खाद्यान्न खरिदका लागि दैनिक भारत जाने गर्दछन् । सीमावर्ती बजार आउजाउ गर्दा भारतीय सीमा सुरक्षाबल एसएसबीले नेपालीलाई सास्ती दिने गर्दछ । उक्त पुल निर्माण सम्पन्न भए भारतीय अतिक्रमणको चेपेटा खेप्दै आएका सुस्तावासीको आफ्नै देशसँग सिधा सम्र्पक स्थापित हुने छ ।

 

नारायणी नदीमा बन्र्दै गरेको झोलुङ्गे पुलका(केबुल ब्रिज) हो । नेपालका नदीहरु मध्ये सबैभन्दा गहिरो नदी नारायणी भएका कारण काम गर्न निकै समस्या हुने गरेको निर्माण कम्पनीले जनाएको छ । झोलुङ्गे पुलको स्टक्चरको सबै काम पूरा भएको हुँदा लट्ठा उपलब्ध भएका यसै आर्थिक वर्षमा मानिस हिंड्न मिल्ने निर्माण व्यवसायी तमाङले बताए ।

पुलमा लाग्ने लट्ठा पुल महाशाखाले उपलब्ध गराउने भएको र टेक्डर प्रकृयाले गर्दा ढिला भएको निर्माण व्यवसायी तामाङले बताए । पुलको निमार्ण सम्पन्न भएपछि सुस्तासम्म जान मोटरसाइकलमै सकिनेछ ।



सम्बन्धित
Loading...