विश्वकपबाट बाहिरियो भारत


 



१३ चैत, काठमाडौं । आइसीसी महिला एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकासँग ३ विकेटले पराजित हुँदै भारत विश्वकपबाट बाहिरिएको छ ।

 




टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७४ रन बनाएको थियो ।

 

भारतका लागि स्मृति मन्दनाले सर्वाधिक ७१ रन बनाइन् । बलिङ तर्फ दक्षिण अफ्रिकाका सब्निम स्मिल र मुस्तफा क्ल्यासले समान २÷२ विकेट लिए ।

 

टस हारेर ब्याटिङको निम्तो पाएके दक्ष्णि अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनाए । दक्षिण अफ्रिकाका लागि लोरा वल्भर्टले सर्वाधिक ८० रन बनाइन् । भारतका लागि रावेश्वरी गायक्वाड र हर्मप्रित कोरले समान २÷२ विकेट लिए ।

 

भारतको हारसँगै वेष्ट इन्डिज सेमिफइनल प्रवेश गरेको छ ।

 

यस अघि नै अष्ट्रेलिया, दक्षिण अफ्रिका र इङ्ल्यान्ड सेमिफइन पुगि सकेका थिए ।

 



सम्बन्धित
Loading...