जागरण मिडिया सेन्टरले अभियान चलाएको छ
रामकरण अम्बेडकर परासी :
पश्चिम नवलपरासीमा दलित तथा सिमान्तकृत समुदायलाई राजनितमा प्रोत्साह गर्नको लागि जागरण मिडिया सेन्टरले अभियान चलाएको छ ।
पुर्व संविधान सभासदस्य बिनोद पहाडीको अध्यक्षतामा प्रमुख अतिथी केदार शर्मा अतिथी केशव पराजुली पत्रकार महासंघका अध्यक्ष हरि शर्मा घुमती परियार लगायत उपस्थित रहेका थिए ।
नेपाल पत्रकार महासंघ नवलपरासीको सहकार्यमा दलितहरुलाई राजनितमा अगाडी बढाउनको लागि जागरण मिडिया सेन्टरले मिडिया साक्षात्कार कार्यक्रम गरी दलित तथा सिमान्तकृत समुदायको लागि विभिन्न जिल्लामा मतदाता शिक्षा अभियान सुरु गरेको छ ।
दलित समुदायले चुनावमा उमेदवारी गर्न पाउनु पर्छ र यी समुदाय लाई राजनितमा अगाडी बढाउने र राजनितमा सब भन्दा कमजोर र पहुंच नभएको दलित समुदायलाई बलीयो बनाउने हाम्रो मुख्य उदेश्य रहेको केदार शर्माले बताए ।
दलित महिला सदस्य बाहेक अन्य पदमा दलितहरुलाई उमेदवारी दिनको लागि पार्टीहरुले आलटाल गर्छन दलितहरुको भोट लिनको लागि दलित महिला सदस्य कानुनमा ब्यवस्था रहेको छ दलित महिला सदस्य बाहेक अन्य पदमा दलितहरुलाई उमेदवारी दिदैन्न कमला विश्वकर्माले बताएकी हुन ।
पार्टीको उमेदवारी पुरा गर्नको लागि दलित महिलालाई सदस्यमा मात्र राखिन्छ दलितलाई पनि अन्य पदमा उमेदवारी दिनु पर्छ त्यति मात्र हैन दलित महिलाले पनि राष्ट्रपति बन्ने अवशर दिनु पर्छ रामग्राममा बस्ने घुमती परियारले बताएकी हुन ।
तल्लो समुदाय लाई केही साना पदमा राखी भोट बैंकको रुपमा प्रयोग गरेको हुन्छन दलित समुदाय अझै राजनितमा अग्रसर हुनुपर्छ नविन पौडेलले बताए ।
दलितहरु लाई राजनितमा सचेत बनाउनको लागि हामीले ११ वटा जिल्लामा यो अभियान चलाएका छौ तल्लो समुदायका अझै पत्रकारीतामा एकदम कम संख्या छ कानुनमा दलित महिला सदस्य ब्यवस्था नरहेको भए त्यो पनि पाउन गार्हो हुन्थयो दलित समुदायलाई दलित कोटा बाहेक अन्य कोटामा प्रवेश हुनै दिन्न कानुनी ब्यवस्था बाहेक अन्य कोटामा दिदै दिन्न अहिले दलित समुदायलाई दबाव र प्रभावमा पारी किन्न सकिदैन पुर्व संविधान सभासदस्य बिनोद पहाडीले बताए ।
दलित तथा सिमान्तकृत समुदायको अभियानमा नविन पौडेल गोपी ज्ञवाली प्रकाश न्यौपाने लक्ष्मी हरिजन बेनी माध्व बस्याल लागयत बोलेका थिए ।
