लालपूर्जा माग गर्दै आन्दोलित सुकुम्बासीहरुले निर्वाचन बहिस्कार गर्ने

नवलपुर । लालपूर्जा हात नपरेसम्म निर्वाचन वहिस्कारको अभियान थाल्दै आन्दोलनमा उत्रिएका नवलपुरका भूमिहिन सुकुम्बासीहरुले आन्दोलनलाई थप सशक्त बनाएको छ ।
पालिकादेखि वडा कार्यालयसम्म ज्ञापन पत्र बुझाएर बैशाख ३० गते हुने निर्वाचन बहिस्कार गर्ने चेतावनी दिएको नवलपुरका भूमिहिन सुकुम्बासीहरुले देवचुली नगरपालिकामा खानेपानीको निर्वाचन बहिस्कार गरेका छन् ।
देवचुली नगरपालिका वडा नम्बर ४ र ५ सुकुम्बासि संर्घष समितिले स्थानिय संघसंस्थाको चुनाव बहिस्कार गर्ने भएका छन । संर्घष समितिले हाल हुन लागेको दिव्यपुरी खानेपानी तथा सरसफाइ उपभोक्त संस्थाको चुनावमा वडा नम्बर ४ र ५ संलग्न नहुने बताएको छ ।
संघर्ष समितिका संयोजक गणेश गुरुङ सहितको टोलीलले आइतवार खानेपानीको कार्यलयमा पुगि चुनावमा सहभागि नहुने भनि विज्ञप्ती समेत दिएका छन ।
संघर्ष समितिले चैत १२ गतेको निर्णयले यहि १९ गते हुने खानेपानी चुनावमा सहभागि नहुने भनि भेला बसी निर्णय समेत गरेको जनाइएको छ ।
संघर्ष समितिले आफुहरुलाई वर्षो देखी पुर्जा वितरण गर्ने भनि आश्वासन मात्र प्रदान गरेको तर पुर्जा वितरणमा भने कुनै निकायले ध्यान नदिएको बताएका छन ।
त्यसैगरी देवचुली १६ र १७ का सुकुम्बासीहरुले जग्गाधनी लालपूर्जा पाउनु पर्ने माग गर्दै वडा कार्यालयमा प्रदर्शन गरेका छन् ।
उनीहरुले नो पूर्जा नो भोट अभियान नै चलाएका छन् । सुकुम्बासी संघर्ष समितिका संयोजक मन बहादुर बि.क.को नेतृत्वमा रहेको टोलीले वडा कार्यालयमा ज्ञापन पत्र बुझाउँदै स्थानीय तहको निर्वाचन अगाडि लालपूर्जा नदिए स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने चेतावनी दिएका छन् ।