कमिसनकाे चक्करः व्यवसायीले बन्द गरे पेट्रोलियम पदार्थको ढुवानी




नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् ।

 

आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले बताए । ‘निगमको डिपो र डिपोबाट बिक्रेताको लागि हुने लोड/अनलोड रोकेका छौं,’ अर्यालले भने, ‘हाम्रो माग सम्बोधन गर्न निगम तयार भएन ।’

 




आन्दोलनका कारण ढुवानीमा संलग्न १४ सय ट्यांकर र करिब १ हजार बुलेटबाट पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्याँसको दैनिक आपुर्ति प्रभावित हुने छ । व्यावसायीको अवरोध कायमै रहे देशभर पेट्रोलियम पदार्थको अभाव हुनसक्नेछ ।

 

पेट्रोल तथा डिजेलको दैनिक चार सय ट्यांकर लोड/अनलोड हुने निगमको अमलेखगञ्ज डिपोमा व्यवसायीले इन्धन नउठाउने जानकारी गराएका छन् । ढुवानी अवरोधको प्रभाव सहितको विवरण १० बजेपछि मात्रै थाहा हुने निगमका अमलेखगञ्ज डिपो प्रमुख प्रदीप कुमार यादवले बताए ।

 

निगमकाअनुसार नेपाली सेना, साझा र साल्ट ट्रेडिङबाट हुने ढुवानी भने नियमित छ । काठमाडौंमा इन्धन आपूर्ति गर्ने निगमको थानकोट डिपोकाअनुसार बिहीबार साँझसम्म १३ लाख लिटर डिजेल र ११ लाख लिटर पेट्रोल पम्पहरुले उठाएका छन् । यो इन्धनले काठमाडौं उपत्यकामा करिब डेढ दिनको माग मात्रै धान्छ ।

 

दरबारमार्गमा नयाँ बर्षमा महोत्सव हुने

 

नयाँ बर्ष २०७९ सालको अवसरमा काठमाडौंको दरबारमार्गमा महोत्सव हुने भएको छ ।

कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्य ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ महोत्सव हुन लागेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसँगको सहकार्यमा संयुक्त रुपमा बैशाख ३ गते शनिबारका दिन महोत्सवको १५ औं संस्करण आयोजना गर्न लागेको हो ।

बिहीबार पत्रकार सम्मलेन गरी महासंघका अध्यक्ष शेखर गोल्छाले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

महोत्सवमा करिब ६० वटा स्टल रहने र महोत्सव क्षेत्रमा बालबालिका लागि छुट्टै किडस् जोनको व्यवस्था गरिएको समेत जानकारी दिनुभयो । नेपाली नयाँ बर्षको अवसरमा हरेक बर्ष दरबारमार्ग क्षेत्रमा महोत्सव आयोजना गरिंदै आएको छ ।



सम्बन्धित
Loading...