आवश्यकता भन्दा बढी पेट्रोल किन्दा पेट्रोल अभाव, पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता


 



उपभोक्ताहरुले आवश्यकता भन्दा बढी पेट्रोल खरिद गरेपछि कावासोतीमा पेट्रोलको अभाव भएको छ ।

कावासोतीका कतिपय पेट्रोल पम्पहरुमा  साँझ देखि नै पेट्रोलियम पदार्थको अभाव भएको हो ।




डिजल पाइए पनि पेट्रोल भने सकिएको भन्दै अाज कावासोतीका केही पेट्रोल पम्पहरुले पेट्रोलको विक्री रोकेको थियो ।

विगत २ दिनदेखि कावासोतीका पेट्रोल पम्पहरुमा पेट्रोल लिन आउनेहरुको लाइन लागेको थियो ।
पेट्रोलियम व्यवसायीहरुको आन्दोलनका कारण पेट्रोलको भाउ बढ्न सक्ने र पेट्रोलको अभाव सिर्जना हुन सक्ने भन्दै आवश्यकता भन्दा बढी पेट्रोल खरिद गरिएको थियो ।

यसैबीच पेट्रोलियम व्यवसायीहरुले ढुवानी शुरु गर्ने भएका छन् ।

 

अाज भएको सहमति पछि भाेलि विहान ८ बजेबाट आन्दोलनका सबै कार्यक्रम स्थगित गरी नियमित काममा फर्कने सहमति भएको छ ।

 



सम्बन्धित
Loading...