कावासोती ५ मा एमालेले टुंग्यायो उमेदवार


 



कावासोती । ९२ वटा स्थानीय तह र २१ बटा निर्वाचन आयोगमा दर्ता भएका दलहरु मध्ये कावासोती नगरपालिका वडा नं. ५ बाट जिल्लामै पहिलो पटक नेकपा एमालेको तर्फबाट सर्वसम्मत वडा अध्यक्ष सहित ४ जना वडा सदस्यका उमेदवारहरुको नाम सर्वसम्मत चयन गरेको छ ।

 

नेकपा एमालेले यस अघि कावासोती नगरपालिकाको वडा नं. ३ बाट डोरमान गिरी र मध्यविन्दु १० बाट रण बहादुर थापालार्इ वडा अध्यक्षमा सर्वसम्मत उमेद्वार चयन गरिसकेको छ ।

 




बिहिबार कावासोती पाँचका वडा अध्यक्ष हरि बास्तोला, वडा इन्चार्ज लिला थनेत, सहइन्चार्ज मदन गिरी लगायतको उपस्थितीमा सर्वसम्मत उम्मेद्धार घोषणा कार्यक्रमको आयोजना गरेर उम्मेद्धारहरु सार्वजनिक समेत गरिएको छ । वडा नं. ५ मा अध्यक्षमा निरज कुमार पुन , दलित महिला सदस्यमा ममता बि.क., महिला सदस्यमा पार्वती भन्डारी, खुल्ला सदस्यहरुमा लाल बहादुर पुलामी र राजकुमार थापा सर्वसम्मत रुपमा उम्मेद्धार छनौट भएको इन्चार्ज लिला थनेतले जानकारी दिए ।

 

कावासातीका १७ वडा सहित ९२ वटा वडा रहेको नवलपुरमा पाँच वटै प्रतिनीधि छनौट गर्ने पहिलो वडा पाँच नं. वडा बन्न सफल भएको वडा सह इन्चार्ज एवम् जिल्ला युवा संघ इन्चार्ज मदन गिरीले बताए ।

हालका वडा अध्यक्ष हरी बास्तोलाले बर्तमान अवस्थामा सिङ्गो नगरपालिका र वडाको विकासका लागी वडाबाट युवा पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने भन्दै उमेद्वारी नदिने जनाए सगै पुन सर्व सम्मत वडा अध्यक्षका उमेद्वार बनेका हुन । पुन बर्तमान वडा नं. ५ मा सदस्य पदका जनप्रतिनिधी समेत हुन् ।

 

नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि वडा तहदेखि नै सर्वसम्मत रुपमा उम्मेद्धार चयन गर्ने प्रकृया जारी राखेको छ । यहाँका अन्य वडाहरुमा पनि सर्वसम्मत रुपमा उम्मेद्धार छनौट गर्न वैठक तथा छलफलका कार्यक्रम भइरहेका छन् । कावासोती र मध्यविन्दु नगरपालिकाका अधिकाशं वडाहरु सर्वसम्मत भईसकेका र उमेद्वारहरुको नाम सार्वजनिक गर्ने कार्यक्रम समेत तय भई सकेको एमाले प्रचार विभाग प्रमुख सागर पोख्रेलले जानकारी दिए ।

पोख्रेलका अनुसार निर्वाचन लक्षित गर्दै नवलपुर जिल्लामा नेकपा एमालेले वडा, टोल कमिटि गठन सम्पन्न गरी पाटी सम्पर्क कार्यालय सबै जसो वडामा खोली सकेको छ । काग्रेसले आन्तरीक उमेद्वार छनौट सँगसँगै पाँच दलिय गठवन्धन गर्न आन्तरीक तालमेलमा लागेको छ ।

पाँच दलिय गठबन्धन छलफलमा जुटी रहदा एक्लै निर्वाचनमा होमिन लागेको एमाले भने नवलपुर जिल्लाको ९२ बटै बडाहरुमा सर्ब सम्मत नेतृत्व छनौटमा लागेको छ । अन्य दलहरुको गठबन्धन बन्ने सम्भावना देखीएकोले पार्टीलाई एक बनाएर लैजान एमालेले भने सर्ब सम्मत उम्मेद्वार छान्न लागेको हो ।

 



सम्बन्धित
Loading...